यस्तो पनि हुन्छ नेपाल प्रहरीमा, प्रहरीले लगाउने टोपीमा भारतको झन्डा

यस्तो पनि हुन्छ नेपाल प्रहरीमा, प्रहरीले लगाउने टोपीमा भारतको झन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ ।  सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ ।

 

 

 

कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा तिरंग मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा, लेखिएका थुप्रै संकेत भेटिन्छन् ।

 

 

 

ती संकेत टापैको भित्रपट्टी राखिएका छन् । अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । आफनो स्वाभिमानमाथि नै आँच आउने खालका यस्तो टोपी सुरक्षाकर्मीले बर्षौदेखि प्रयोग गर्दै आएका छन् ।

 

 

उनीहरुले यसबारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गरिाउने काम भएको छ । संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् ।

 

 

एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा लेखिएको पाईएको छ । आजको नागरीक दैनिकमा समाचार छ ।