ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते

ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते


काठमाडौं – ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागभित्र असईको पेस्तोल पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन्। प्रभागका इन्चार्ज असई रमेश तामाङको पेस्तोलबाट चलेको गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन्।

उनको दायाँ गालाबाट लागेको गोली बायाँतर्फबाट निस्केको छ। घाइतेलाई प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ। गोली अनलोड गर्ने क्रममा गएराति असावधानीवश गोली चलेको अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको ललितपुरका एसपी शेखर खनालले बताए। असई तामाङलाई नियन्त्रणमा लिई सातदोबाटो वृत्तमा राखिएको छ।