आज र भोलि काठमाडौं उपत्यकामा नेपाल प्रहरीको निशुल्क बस सेवा,यस्तो छ रुट

आज र भोलि काठमाडौं उपत्यकामा नेपाल प्रहरीको निशुल्क बस सेवा,यस्तो छ रुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले दसैँको अवसर पारेर  काठमाडौं उपत्यकामा दुईवटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।

एउटा बस रिङरोडभित्रका सर्वसाधारणलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई चढाउने बताइएको छ । प्रहरीले आज र भोलि शनिबार निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।

दसैँमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको प्रहरीले जनाएको छ । प्रहरीले बसको रुट पनि सार्वजनिक गरेको छ ।

जसअनुसार एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

दशैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा प्रहरीले हरेक दसैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ । यो वर्ष पनि दुईवटा रुटमा बस सेवा सञ्चालन हुनेछन् ।

त्यस्तै, दोस्रो बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल फर्कनेछ ।