प्रहरीको त्यो हर्कत जसले ‘प्रहरी मेरो साथी’ भन्ने अभियानलाई नै लज्जित पार्छ

प्रहरीको त्यो हर्कत जसले ‘प्रहरी मेरो साथी’ भन्ने अभियानलाई नै लज्जित पार्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले २०७३ असारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको थियो । उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो ।  देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य हो । तर बेला-बेला प्रहरीका हर्कत भने सार्वजनिक भइरहेका हुन्छन् ।

अपराधीलाई कठघेरामा उभ्याउनु पर्ने प्रहरी आफै अपराध गरिराखेको हुन्छ, । जनतालाई सुरक्षा दिनु पर्ने ठाउंमा आफै चोरीमा संलग्नता हुन्छन्  । यी यस्तै घटनाले अहिले प्रहरीको नै बदनाम भइरोखेको छ। नेपाल प्रहरीमा भर्ना हुने हरेकले देश र जनताको नाममा यस्तो शपथ लिएका हुन्छन्। अपराध रोकथाम गर्नु, अपराधीलाई कारबाहीको दायरामा ल्याउनु र आम नागरिकका लागि शान्तिपूर्ण र सुरक्षित वातावरण बनाउनु प्रहरीको काम हो। त्यसैका लागि उनीहरूले जागिर पाएका हुन्। तर, केही वर्षदेखिका घटनाक्रम नियाल्ने हो भने देश र जनताका नाममा सुरक्षा दिने कसम खाएका प्रहरी नै घुस, असुली, तस्करी, अपहरण, बलात्कारदेखि हत्यासम्मका जघन्य अपराधमा संलग्न भएका घटनाको संख्या बढिरहेको छ।

२०७५ भाद्र २४ गते अख्तियार टोलीले बर्दियाको मैनापोखरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महतालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गर्‍यो। त्यसै गरी, महोत्तरीस्थित इलाका प्रहरी कार्यालय रामगोपालपुरका सई रामबाबुप्रसाद यादव भारततिरबाट नेपाल भित्रिने समान र लागुऔषध पक्राउ गर्नुको साटो घुस लिएर छाडिदिन्थे। उनको घुस धन्दाबारे उजुरी परेपछि २०७५ भदौ २७ मा अख्तियारको बर्दिवासस्थित क्षेत्रीय कार्यालयले पाँच हजार घुस रकमसहित उनलाई पक्राउ गरेकाे थियाे। यी त केहि घटना मात्र हुन् ।

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार (आज) प्रर्दशन हुँदा प्रहरीको छवि नै बिग्रने गरी अहिले एउटा तस्बिर सार्वजनिक भएको छ ।

 माइतीघर मण्डलमा नेवा : देय् दबूका नेवा राजनीतिक अभियानका नेवा राष्ट्रिय पत्रकार दबू लगायत नेवार समुदायका अगुवाहरुले प्रदर्शन गरेका थिए। त्यही स्थिति केही असामान्य बन्न पुग्यो। प्रदर्शनकारी र प्रहरीबीच एकाएक झडपको स्थिति बन्यो। केही प्रदर्शनकारी घाइते पनि भए। केहीलाई प्रहरीले नियन्त्रणमा पनि लियो। नियन्त्रणमा लिएका एकजनालाई भने प्रहरीले किक हानिरहेको फोटोले ’प्रहरी मेरो साथी’ भन्ने नाराकै धज्जी उडाइरहेको थियो। त्यसो त केही अघि बौद्धमा सडक कालोपत्रेको माग गर्दै आन्दोलनमा उत्रेका जनताको सुनको सिक्री प्रहरीले नै उडाएको खुलासा नभएको होइन। प्रहरीले समातिसकेपछि पनि लातको सिकार भएका हुन् उपेन्द्रकाजी शाक्य।