मलेशियामा नेपाली सुरक्षागार्ड कुटिएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान

मलेशियामा नेपाली सुरक्षागार्ड कुटिएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान


काठमाण्डु – मलेशियामा नेपाली सुरक्षागार्ड कुटिएको घटनामा मलेशियन प्रहरीले अनुसन्धान थालेको बताएको छ ।
मलेशियामा एक व्यक्तिले नेपाली सुरक्षागार्डलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहाको प्रहरीले कुट्ने व्यक्तिमाथि अनुसन्धान थालेको हो ।

समाचार संस्था ‘द स्टार’का अनुसार उक्त घटना त्यहाँस्थित जलन मदरसाको भएको पुष्टि भएको तथा पिट्ने व्यक्ति एक पाकिस्तानी नागरिक भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले घटना जलन मदरसाको पार्किङ स्थलमा भएको र पिट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान र घटनाको कारण पत्ता लगाउन लागिपरेको अहमदले बताएका छन् । कसैलाई उक्त घटनाबारेमा थाहा भएमा आफूहरुलाई जानकारी गराउन पनि त्यहाँको प्रहरीले अपिल गरेको छ ।

शुक्रबार भिडियो सामाजिक सञ्जालमा आएपछि मलेसियास्थित नेपाली दूतावासले अनुसन्धानका लागि त्यहाँको प्रहरीमा उजुरी गरेको थियो । दूतावासको उजुरीसँगै प्रहरीले अनुसन्धान थालेको समाचारमा उल्लेख छ ।