काठमाण्डु– एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ ।
प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै २ जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ।
प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।

प्रतिक्रिया