धादिङ –भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुंदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् ।जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् ।
तीन बर्ष बितिसक्दा पनि प्रहरीले ओत लाग्ने छानो नपाएका हुन् ।
’थोत्रा टेन्टमा बस्दा बर्षातको समयमा सर्प, लामखुट्टे र कीरा फट्याङग्रालगायतको टोकाइबाट प्रहरी प्रताडित छन्, केहीमा छालाको रोगको समस्या देखा परेको छ’, जिल्ला प्रहरीका एक अधिकृतले भने ।
जिल्लाका २४ वटै प्रहरी इकाईका नाममा जग्गा भए पनि भवन भत्केर बिजोग छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया