काठमाडौं – कस्तुरीको बिना कारोबारमा संलग्न एक प्रहरीसहित छ जना पक्राउ परेका छन् ।
प्रहरी हवल्दार बमबहादुर चन्दसहित ६ जनालाई काठमाडौँबाट कस्तुरीको बिनासहित पक्राउ गरिएको हो ।
प्रहरी हवल्दार चन्द पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक हुन् । पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन ।
महानगरीय प्रहरी कर्यालय काठमाडौंका अनुसार आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया