काठमाण्डु – आज काठमाण्डौँका तीन स्थानमा हुने प्रदर्शनको व्यवस्थापन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा ४ हजार प्रहरी खटाइएको छ ।
काठमाण्डौ प्रहरी परिसर प्रमुख एसएसपी बसन्त रजौरेको नेतृत्वमा नेकपा (एमाले)ले दरबारमार्गमा गर्ने जागरण सभा, माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रमको व्यवस्थापन गर्न प्रहरी खटाइएको हो ।
प्रदर्शन स्थल र भेला जम्मा भएर प्रदर्शनकारी हिँड्ने रुटमा सुरक्षा र प्रदर्शनको क्रममा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न ४ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले जानकारी दिए ।
प्रदर्शन स्थलको सुरक्षामा तालिमप्राप्त कुकुर र सादा पोसाकमा प्रहरी परिचालन गरिएको घिमिरेले जानकारी दिए ।
प्रहरीले प्रदर्शन अवधिभर काठमाडौँ उपत्यकाभित्र हिँडडुल गर्ने भीआईपीहरुलाई समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गर्दै उच्च पदस्थहरूलाई आवश्यकता अनुसार मात्रै हिँड्न र समन्वय गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया