सागमा नेपाल प्रहरीका खेलाडीले जिते १६ स्वर्णसहित ५६ पदक

सागमा नेपाल प्रहरीका खेलाडीले जिते १६ स्वर्णसहित ५६ पदक


काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक जितेका छन् ।

प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा, उसुतर्फ १ वटा, बक्सिङतर्फ १ वटा र पुरुष फुटबलतर्फ १ वटा गरी कुल १६ वटा स्वर्ण पदक रहेका छन् ।

यसैगरी करातेतर्फ ३ वटा, जुडोतर्फ ३ वटा, तेक्वान्दोतर्फ २ वटा, महिला भलिबलतर्फ १ वटा, टेबुल टेनिसतर्फ १ वटा, कुस्तीतर्फ १ वटा, महिला फुटबलतर्फ १ वटा, महिला कबड्डीतर्फ १ वटा र महिला बास्केटबलतर्फ १ वटा गरी कुल १४ वटा रजत पदक प्राप्त भएका छन् ।

साथै भारोत्तोलनतर्फ ७ वटा, जुडोतर्फ ५ वटा, तेक्वान्दोतर्फ ५ वटा, टेबुल टेनिसतर्फ ४ वटा, करातेतर्फ ३ वटा, ब्याडमिन्टनतर्फ १ वटा र पुरुष क्रिकेटतर्फ १ वटा गरी कुल २६ वटा कास्य पदक प्राप्त भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।

उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध ८४ जना खेलाडीहरु विभिन्न खेलहरुमा सहभागी भएको समितिले जनाएको छ ।