राप्रपाद्वारा सरकारबाट समर्थन फिर्ता, पार्टी फुटाउन भुमिका खेलेको आरोप

राप्रपाद्वारा सरकारबाट समर्थन फिर्ता, पार्टी फुटाउन भुमिका खेलेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको छ । सोमबारदेखि जारी केन्द्रीय समितिको बैठकले पार्टी फुटाउन सक्रिय रहेको भन्दै मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 

बैठकपछि प्रवक्ता भुवक पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राप्रपालाई विभाजित गर्ने कार्यमा परोक्ष भुमिका खेलेको, तथा आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको हुंदा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई राप्रपाले दिएको समर्थन फिर्ता लिने बैठकले निर्णय गरेको छ ।’

 

राप्रपाले मधेस समस्या समाधान गर्न उदासिन रहेको, राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप पनि सरकारमाथि लगाएको छ ।

 

बैठकले राष्ट्रवाद र हिन्दु राष्ट्रको विपक्षमा रहेका शक्तिले सत्ताको प्रलोभनमा परेर पार्टी विभाजित गरेको भन्दै यसबाट विचलित नहुन पार्टी कार्यकर्तालाई आह्वान समेत गरेको छ ।