काठमाण्डु- काठमाण्डुमा आइतबार पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाण्डौ दोस्रो स्थानमा छ । आइतबार बिहान ७ बजे वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्यांकअनुसार काठमाण्कोडु हावाको गुणस्तर मापन सूचक एक्यूआई २११ मापन भएको छ ।
प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ । दिल्लीको एक्यूआई २४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको २०७ छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रबारदेखि केही घटेको काठमाण्डुको प्रदूषण फेरी बढेको हो । एक्यूआई २०० भन्दा माथि जानुलाई अति अस्वस्थकर मानिन्छ ।
सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ ।
वायु गुणस्तर मापन सूचक २०० भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरु बताउँछन् । एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।

प्रतिक्रिया