वर्षाले काठमाण्डुको प्रदूषण घट्यो, पहिलोबाट झर्‍यो १०औँ स्थानमा

वर्षाले काठमाण्डुको प्रदूषण घट्यो, पहिलोबाट झर्‍यो १०औँ स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लामो समयपछि हावाहुरी र वर्षा भएसँगै काठमाण्डु उपत्यकाको प्रदूषण घट्न थालेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सको तथ्याङ्कअनुसार बिहीबार बिहान काठमाण्डुको वायु प्रदूषण एक सय ५२ एक्यूआई रहेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ ।

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ । एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ ।

१९० भन्दा माथि रहेर विश्वको प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाण्डु वर्षा भएसँगै अहिले १०औं स्थानमा झरेको छ । उपत्यकमा शुक्रबार साँझदेखि छिटपुट वर्षासँगै सामान्य हावाहुरीसमेत चलेकाले वायु प्रदूषण कम भएको हो ।

यतिबेला वायु प्रदूषणको दृष्टिले पाकिस्तानको लाहोर पहिलो र चीनको साङघाई दोस्रो स्थानमा छन् । चीनकै बेइजिङ तेस्रो स्थानमा छ ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाण्डु उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको थियो । काठमाण्डु उपत्यका आसपासका जंगलमा लागेको डढेलो पनि वर्षाले निभेको छ ।

वर्षा भएपछि देशका विभिन्न ठाउँमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्दैछ । शनिबारसम्मै मौसम बदली हुने भएकाले राम्रोसँग आकाश खुल्न र घाम लाग्न केही दिन लाग्ने छ ।