काठमाण्डु– क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको हाे ।
कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने, “ रोमको स्थानीय समय अनुसार आज बिहान ७ः३५ बजे पोप फ्रान्सिसले अन्तिम श्वास फेर्नुभयो । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।’
गम्भीर बिमारीपछि अझै पनि आराम गरिरहेको भए तापनि इस्टर आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भयो ।
फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुगेका थिए । मार्च २३ मा डिस्चार्ज हुनुअघि उनले अस्पतालमा ३८ दिन बिताए ।
प्रतिक्रिया