गरिबीले उमेर १० वर्ष कम, धनी बुढोमा पनि स्वस्थ

गरिबीले उमेर १० वर्ष कम, धनी बुढोमा पनि स्वस्थ


वासिङटन – यदी तपाई धनी हुनु हुन्छ भने यसको सर्वाधिक फाइदा बुढो भएको समयमा हुनेछ । अमेरिकामा गरिएको एक अध्ययनमा गरिबको तुलनामा धनी मानिस १० वर्ष बढी बाच्ने देखिएको छ ।

अध्ययनका अनुसार अमेरिका र बेलायतका सर्वाधिक गरिब मनिसको तुलनामा धनी व्यक्ति ९ वर्ष भन्दा बढी समयसम्म स्वस्थ, विकालांगमुक्त जीवन बाच्ने गरेका छन् ।

द जर्नल्स अफ जेरोन्टोलोजीःसिरिज एमा यो अध्ययन प्रकाशित भएको हो । यसका लागि १० वर्षसम्म ५० वर्ष भन्दा बढी उमेरका २५ हजार भन्दा बढी वयस्कको आंकडाको जाँच गरिएको थियो ।

उमेरसँग सम्बन्धित अक्षमताबाट पीडित हुनु भन्दा पहिले कति समय सम्म स्वस्थ जीवन बिताइएको थियो भन्ने जस्ता कारकको विषयमा खोजी गरिएको थियो । जस्तै किराना पसलमा सामान किन्न जन सक्ने वा ओछ्यानबाट बाहिर आउन सक्षम भए वा नभएको विषयमा जाँच गरिएको थियो ।

५० वर्षको उमेरपछि सर्वाधिक धनी पुरुषले कमसे कम ३१।५ वर्ष राम्रो किसिमको जीवन जिएको निश्कर्ष शोधकर्ताले निकालेका छन् । यसैगरी गरिब मानिस ५० वर्षको उमेरपछि २२ देखि २३ वर्षसम्म मात्रै स्वस्थ जीवन जिउने आशा गर्न सक्नेछन् ।

महिलाको मामिलामा धनी महिला ५० वर्षको उमेरदेखि करिब ३३ वर्षसम्म बिना कुनै शारीरिक अक्षमताको स्वस्थ जीवन बिताएका थिए । जबकी गरिब महिलाले २४ वर्ष मात्रै स्वस्थ जीवन बिताएका थिए ।

सम्पत्तिको मूल्यांकन गर्नका लागि युनिभर्सिटी कलेज लन्डन, हार्वर्ड विश्वविद्यालय तथा अन्य विश्वविद्यालयका शोधकर्ताले घर, गहना तथा कलाकृतिका साथै एक व्यक्तिको जीवनमा संतित बचत तथा लगानीमा विशेष ध्यान दिइएको थियो ।