काठमाण्डु – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड २०७९ मंसिर २८ गते बुधबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ ।
उल्लेखित उद्देश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय संचालन गरिरहेको गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई पाँच लाख रकम सहयोग प्रदान गरेको छ ।
समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा मंसिर २८ गते बुधबार कार्यक्रमवीच उक्त गुठीका कार्यकारी निर्देशकदिपक संजेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील) शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया