प्रधानमन्त्रीको घोषणा : माधवजी निर्दोष हो भन्ने साबित भयो, अब फेरि प्रश्न उठाउने ठाउँ रहेन

प्रधानमन्त्रीको घोषणा : माधवजी निर्दोष हो भन्ने साबित भयो, अब फेरि प्रश्न उठाउने ठाउँ रहेन


पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दाेष साबित भएका घोषणा गरेका छन् ।

आज शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले उनीमाथि अब फेरि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गरे ।

‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरू के हो कसो हो भनिराखें । पहिलोपटक उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन,’ उनले भने ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको र निर्दोष साबित भएकाले मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएको प्रचण्डले बताए । उनले भने, ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो । अब त्यो स्थिति रहेन ।’

ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता भन्दै पूर्व प्रधानमन्त्री नेपालको नाम आउने गरेको छ । सीआईबीले पूर्व प्रधानमन्त्री नेपालको निवासमै पुगेर सोधपुछ गरेको थियो ।