गणतन्त्रविरूद्ध षड्यन्त्र गर्ने अधिकार कसैलाई नभएको प्रधानमन्त्री प्रचण्डको चेतावनी

गणतन्त्रविरूद्ध षड्यन्त्र गर्ने अधिकार कसैलाई नभएको प्रधानमन्त्री प्रचण्डको चेतावनी


सिमरा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।

सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाविरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।