सत्तारुढ दलसँग मन्त्री हेरफेर र अन्तर्घातबारे छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

सत्तारुढ दलसँग मन्त्री हेरफेर र अन्तर्घातबारे छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाएका छन् ।

मंगलबार साँझका लागि बोलाइएको गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् हेरफेर र राष्ट्रियसभा चुनावमा कोशी प्रदेशमा भएको अन्तर्घातबारे छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले पुस १० गते नै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे जानकारी दिएका थिए ।