संसद् अधिवेशन बढीभन्दा बढी विधेयकहरू पारित गर्नमा केन्द्रित हुनेछ : प्रधानमन्त्री प्रचण्ड

संसद् अधिवेशन बढीभन्दा बढी विधेयकहरू पारित गर्नमा केन्द्रित हुनेछ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को चालू अधिवेशन बढीभन्दा बढी विधेयकहरू पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन् ।

आज सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्को चालू अधिवेशनमा बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताए ।

संसद् अधिवेशनको सुरुवात राम्रो वातावरणमा भएको उनले बताए ।

उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरु भएको छ । अब अगाडि बढ्छ ।’

संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ ।