ईपीजीको प्रतिवेदन बुझ्ने गृहकार्य हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

ईपीजीको प्रतिवेदन बुझ्ने गृहकार्य हुँदैछ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन दुवै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको बताएका छन् ।

आज बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा उनले दुवै देशको सहमतिमा ईपीजी गठन भएकाले त्यसको प्रतिवेदन दुवै सरकारले एकैचोटी बुझ्ने र घोषणा गर्ने गृहकार्य भइरहेको बताए ।

उनले भने, ‘ईपीजी सहमतिबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले दुवै सरकारले एकैचोटी सहमतिबाट नै त्यो बुझ्ने र घोषणा गर्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको छ ।’

उनले दुवै देशको सहमति हुनै नसके नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताए ।

नेपाल–भारतबीच सीमा लगायतका विभिन्न समस्या पहिचान गरी समाधानको उपाय पत्ता लगाउन दुवै देशका सरकारको सहमतिमा नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह गठन गरिएकोमा प्रतिवेदन बुझ्न ढिलाइ भइरहेको छ ।