प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

दुवै नेताबीच संसद्को गतिरोध अन्त्य, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाइरहेका विषयहरूमा छलफल भएको जनाइएको छ ।