संसद् बैठकअघि कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डसँग छलफलमा

संसद् बैठकअघि कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डसँग छलफलमा


काठमाण्डु – प्रतिनिधिसभा बैठक बस्नुअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा जुटेका छन् ।

गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोपमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएपछि संसद् खुलाउन छलफल चलिरहेको छ ।

बिहीबार बिहान ११ बोलाइएको संघीय संसद्का दुवै सदनको बैठक संसद् खुलाउने प्रयासस्वरूप दिउँसो ४ बजेसम्म रोकिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले छानबिन समिति बनाउन सकारात्मक हुँदै बिहीबारकै मन्त्रिपरिषद् बैठकमा छलफल गरेका छन् । समिति बनाउनुअघि गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्न पाउनुपर्नेबारे पनि छलफल भइरहेको छ ।

कांग्रेसले आन्तरिक छलफल गरेपछि नेता कृष्णप्रसाद सिटौला, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ, रामहरि खतिवडा लगायतले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।