प्रधानमन्त्री प्रचण्ड दाँतको उपचार गर्न गएपछि कांग्रेससँगको निर्धारित छलफल स्थगित

प्रधानमन्त्री प्रचण्ड दाँतको उपचार गर्न गएपछि कांग्रेससँगको निर्धारित छलफल स्थगित


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि अस्पताल गएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग निर्धारित छलफल स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि कांग्रेस नेताहरूलाई बोलाएका थिए ।

स्थगित बैठक शनिबार बिहान साढे ८ बजे बालुवाटारमा बस्ने तय भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच धकेलाधकेल समेत भएको थियो । शुक्रबारको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।