देशमा भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ सुरुआत गरिएको छ : प्रधानमन्त्री प्रचण्ड

देशमा भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ सुरुआत गरिएको छ : प्रधानमन्त्री प्रचण्ड


गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ सुरुआत गरिएको बताएका छन् ।

सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्री प्रचण्डले भच्चेकमा योङ कम्युनिस्ट लिग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौं । अभियान देशभर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु । ठुलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ ।’

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एक मात्र पार्टीको माओवादी रहेको भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे । आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताए ।

छिट्टै चीन भ्रमण जान लागेको बताउँदै नेपालको विकास र देशको उत्तरीक्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहने बताए ।