प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

संसद्को गतिरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगनकुमार थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।