हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री प्रचण्ड

हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री प्रचण्ड


गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरेश वाग्ले ‘वासु’ लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताएका छन् ।

सुरेश वाग्लेले अध्यापन गराएको जनता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४औं स्मृति सभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवारी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाका मुद्दा र जनताका चाहना पूरा गर्न अझै बाँकी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए । त्यसको सुरुवात जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर गरिएको बताए ।

अहिले सत्य निरोपण तथा बेपत्ता सम्बन्धी विधयेक प्रक्रियामा रहेको बताउँदै पारित भएपछि देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने बताए ।

सहिद वासु २०१० सालमा गोरखा जिल्लाको आँपपिपल गाविस–५ रातडाँडामा एक किसान परिवारमा जन्मिएका हुन् । उनी नेपालको इतिहासमा पुरानो निरंकुश सामन्ति राजतन्त्रात्मक राज्य सत्ताको अन्त्य गर्दै नयाँ जनवादी राज्य स्थापनाका लागि तत्कालीन माओवादीको नेतृत्वमा २०५२ फागुन १ गतेबाट जनयुद्धमा सहभागी भएका थिए ।