प्रधानमन्त्री प्रचण्ड भारत जाँदै, मन्त्रिपरिषद् बैठकबाट भ्रमण कार्यक्रम स्वीकृत

प्रधानमन्त्री प्रचण्ड भारत जाँदै, मन्त्रिपरिषद् बैठकबाट भ्रमण कार्यक्रम स्वीकृत


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन जाने भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ ।

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहेका बेला सरकारले प्रचण्डको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ ।

बैठकले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा भारत जाने टोलीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीको शपथ ग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ । आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ ।’

भारतका प्रधानमन्त्रीको शपथ कार्यक्रम आगामी आईतबार हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।