मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ : गठबन्धन लामै जाने परिस्थिति बनेको छ

मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ : गठबन्धन लामै जाने परिस्थिति बनेको छ


काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बन्ने चर्चाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको गठबन्धन लामै जाने परिस्थिति बनेको बताएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो परिस्थितिबारे ब्रिफिङ गरेका सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै उनले भनिन्, ‘गठबन्धनमा असमझदारी बढे भन्ने चर्चा असत्य हो, हिजो र आज हाम्रो छलफल सौहार्द भएको छ । गठबन्धन लामै जाने परिस्थिति बनेको छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएपछि आईतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लामो छलफल भएको छ ।

मन्त्रिपरिषद् बैठक चलिरहेका बेला अध्यक्ष ओलीको सचिवालयले एमालेका मन्त्रीहरूलाई बालकोट बोलाएको भन्ने खबर सत्य नभएको प्रस्टीकरण दिइसकेको छ ।