प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गरिँदै

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गरिँदै


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा राखेको विश्वासको मत लिने प्रस्तावमा मत विभाजन प्रक्रिया सुरु भएको छ ।

स्पष्ट रूपमा अल्पमतमा परिसकेका प्रधानमन्त्री प्रचण्डले प्रस्ताव राखेपछि सभामुख देवराज घिमिरेले मत विभाजन प्रक्रिया अगाडि बढाएका छन् ।

प्रमुख सत्ता सहयात्री समर्थन फिर्ता लिएपछि शुक्रबार विश्वासको मत लिने प्रस्ताव सम्बन्धी छलफलका क्रममा उठेका प्रश्नमाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि मत विभाजन प्रक्रिया अगाडि बढेको छ ।

संसद्मा मत विभाजनको परिणाम राष्ट्रपति कार्यालय पुगेपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तयारी छ । दुवै दलको नयाँ गठबन्धनमा अन्य साना दलले पनि साथ दिएका छन् ।