पदमुक्त भएलगत्तै राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रचण्ड

पदमुक्त भएलगत्तै राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रचण्ड


काठमाण्डु – प्रतिनिधि सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेका छन् ।

संसद् सचिवालयले सरकारले संसद्को विश्वास गुमाएको पत्र राष्ट्रपति कार्यालयलाई जानकारी गराउनासाथ राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नेछन् ।

राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि आह्वान गर्नुअघि प्रचण्डले भेटेका छन् ।