आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु

आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री पद संकटमा परेपछि ब्युतिएको समाजवादी मोर्चा सक्रिय हुँदै गएको छ ।

नेकपा एमालेले नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेपछि सक्रिय हुन थालेको मोर्चाको बैठक मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको छ ।

बैठकमा पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेता सहभागी छन् ।