नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री ओली

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् ।

सैनिक मञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा उनले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको पर्व नेपालको मौलिक पर्व भएको बताए ।