कृषि क्षेत्रको प्रवर्द्धनबाटै देश विकास हुन्छ : अध्यक्ष प्रचण्ड

कृषि क्षेत्रको प्रवर्द्धनबाटै देश विकास हुन्छ : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको प्रवर्द्धनबाटै देशको विकास हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मोरङको कटहरीमा आयोजना गरेको ‘कृषि एक्स्पो’को शनिबार अवलोकन गर्दै उनले कृषिमा निजी क्षेत्रको लगानीबाट मुलुक आत्मनिर्भर निर्यात हुनाका साथै निर्यात गर्न सक्षम हुने धारणा राखे ।
पूर्व प्रधानमन्त्री प्रचण्डले यस किसिमका आयोजनाले कृषि क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने बताए । उनले कृषिमा आश्रित किसानको जीवनस्तर सुधार गर्न यान्त्रिकीकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको विचार राखे । उनले भने, ‘हामी सरकारमा छँदा कृषि क्षेत्रको समग्र विकासका लागि प्रयास गरेका हौँ  र अब पनि प्रयास गरिरहने छौं ।’