काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिट्टै ढल्ने दाबी गरेका छन् ।
गृहजिल्ला चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्रस्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वाभाविक छैन, पारदर्शी पनि छैन ।’
माओवादीको प्राथमिकतामा सरकार नभएको बताउँदै उनले सदनमा विधेयक नलगेर अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा बताए ।
सरकार बनेदेखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको उनले बताए ।
यसअघि समेत उनले सरकार ढल्ने दाबी गर्दै आएका थिए ।
प्रतिक्रिया