राजावादीलाई ‘काउण्टर’ दिने तयारी गर्दै प्रचण्ड

राजावादीलाई ‘काउण्टर’ दिने तयारी गर्दै प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको प्रदर्शनलाई काउन्टर दिने तयारी भइरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राजावादीको प्रदर्शनबाट आफू विचलित नभएको स्पष्ट पारे ।

उनले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले !’

अध्यक्ष प्रचण्डले राजावादी सक्रियताको जिम्मवारी सरकारले लिनुपर्ने बताए । सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएका उनले बताए ।

‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ । जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेसन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौं,’ उनले भने ।