काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको छ ।
भेटमा संयुक्त समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।
भेटमा माओवादीका उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाल लगायतका नेताहरू सहभागी थिए ।
प्रतिक्रिया