प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारीबारे छलफल भएको छ ।

संसद्मा विचाराधीन आगामी आर्थिक वर्षको बजेटबारे पनि प्रचण्ड र ओलीबीच छलफल भएको अध्यक्ष ओलीले जानकारी दिए ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताए ।