समाजवादको आधार निर्माण गर्ने नेपाली मोडेल विश्वका लागि राम्रो उदाहरण : अध्यक्ष प्रचण्ड

समाजवादको आधार निर्माण गर्ने नेपाली मोडेल विश्वका लागि राम्रो उदाहरण : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालबाट समाजवादको आधार निर्माण गर्ने मोडेल विश्वका लागि एउटा राम्रो उदाहरण बन्न सक्ने बताएका छन्।

महोत्तरीको जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले भने, ‘अहिले संसारले विकल्प खोजिरहेको बेलामा नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेर एउटा बलियो राष्ट्रिय एकता सहित सुशासन, विकास र समृद्धिको नयाँ मोडल तयार भएको छ।’

पार्टी एकताको आयाम राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पनि रहेको उनको भनाई थियो। ‘नेपाल कम्युनिष्ट पार्टी गठन भएको प्रक्रिया तिर विश्वभरिको ध्यान केन्द्रित भएको छ । नेपालबाट संसारले केही नयाँ कुरा सिक्न चाहेको छ।’

नेपालमा भएको राजनीतिक क्रान्ति र परिवर्तन र नेपालमा कायम भएको कम्युनिस्ट एकता र लोकप्रिय सरकार, विकास र समृद्धिको मोडेल समाजवाद तिरको नयाँ यात्राको प्रारम्भ रहेको अध्यक्षको भनाई थियो।

उनले भने, ‘यो पार्टी एकतालाई हामी सबैले गर्वका साथ रक्षा, सुदृढ र विश्वका श्रमजीवि जनताका हक अधिकारका लागि योगदान गर्न मेहेनत गर्र्नु पर्नेछ।’ अध्यक्ष प्रचण्डले एकताबाट श्रमजीविहरुका लागि खुशी भएको तर दलाल, पूँजीवादी, सामन्ती र प्रतिक्रियावादीहरुलाई चिन्तित बनाएको बताए।