माओवादी अध्यक्ष प्रचण्डलाई किन दिएनन मोदीले भेट ?

माओवादी अध्यक्ष प्रचण्डलाई किन दिएनन मोदीले भेट ?


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किादैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार दिल्ली पुगेका प्रचण्ड आज स्वदेश फर्किन लागेका हुन् ।

तीन दिने भ्रमणको अवसरमा प्रचण्डले भारतीय विदेश सचिव, विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायतसँग भेटवार्ता गरेका छन् । त्यस्तै प्रचण्ड आइतवार काठमाण्डु फर्कनुअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने बताइएको थियो ।

उनले दिल्ली प्रस्थान गर्ने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने बताएका थिए । तर, अन्तिम समयमा मोदीले व्यस्तताका कारण देखाउँदै प्रचण्डसँग भेटको लागि समय नदिएको बताइएको छ । मोदीसँग भेट नहुने भएको उनको सचिवालयले जनाएको छ ।

‘जसले निम्तो दिनु भएको थियो त्यो नै अन्तिम भेट थियो,’ प्रचण्डको सचिवालय भन्यो, ‘यसपटकको भारत भ्रमण उपलब्धिमुलक भएको छ ।’ जेपी नड्डासँगको भेटपति प्रतिक्रिया दिँदै प्रचण्डले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा छलफल भएको बताए ।

‘दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु। कहिले भाजपा र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ,’ उनले भने ।