खुमलटारमा कांग्रेस: प्रधानमन्त्री र राष्ट्रपति छाड्न सकिदैँन, गठबन्धन फुट्छः प्रचण्ड

खुमलटारमा कांग्रेस: प्रधानमन्त्री र राष्ट्रपति छाड्न सकिदैँन, गठबन्धन फुट्छः प्रचण्ड


काठमाण्डु- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् । आइतबार खुमलटार पुगेर नेता निधिले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डसँगको छलफलमा नेता निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने बताए । त्यस्तै उनले प्रचण्डसँग गठबन्धन कायम राख्न पनि सहमति जरुरी रहेको भन्दै विकल्प नसोच्न आग्रह गरे ।

जवाफमा प्रचण्डले यदि कांग्रेसले त्यहि अडान लियो हो भने गठबन्धन टुट्ने सक्ने भन्दै विकल्प खोज्न बाध्य हुने बताएका छन् । पछिल्लो समय सत्ता गठबन्धनको सरकार बन्ने देखिए पनि भागबन्डामा सहमति जुट्न सकेको छैन् ।