प्रधानमन्त्री प्रचण्डकाे निर्देशन- राम्रो काम गरेर प्रचार पनि गर्नुहोस्, नत्र दुःख पाइन्छ

प्रधानमन्त्री प्रचण्डकाे निर्देशन- राम्रो काम गरेर प्रचार पनि गर्नुहोस्, नत्र दुःख पाइन्छ


काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले राम्रो काम गर्नुपर्ने बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरुसँग बालुवाटारमा भएको भेटमा राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका हुन् ।

त्यस्तै उनले माओवादी केन्द्रले थुर्पै राम्रा काम गरेपनि प्रचार नभएकाले आम जनताले थाहा नपाएको दावी गरे । राम्रो काम गरेपछि प्रचार पनि गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

‘दुःख, मेहनत, त्याग र तपस्या जे जे गरेर हुन्छ राम्रो गर्नुपर्छ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो । मध्यपहाडी लोकमार्गदेखि उत्तर दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ’ उनले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीको आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने काममा लाग्नुपर्ने बताएका छन् ।