काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
बैठक अहिले बसिरहेको छ । बैठकमा प्रतिपक्षमा रहेका सबै दलका शीर्ष नेतालाई बोलाइएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदम बारे बैठकमा छलफल हुनेछ ।
अध्यक्ष प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको संयुक्त बैठक बोलाएर संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह गरिने जनाइएको छ ।
यसअघि रास्वपाले पनि संसद्को विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।
प्रतिक्रिया