राजनीतिक दलप्रति गम्भीर प्रश्न उठ्यो : प्रचण्ड

राजनीतिक दलप्रति गम्भीर प्रश्न उठ्यो : प्रचण्ड


काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्यायको पक्षमा सरकार र राजनीतिक दलप्रति जनताले गम्भीर प्रश्न उठाएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सरकार र राजनीतिक दल इमानदार नहुँदा जनताले प्रश्न उठाएको बताएका हुन् ।

‘आदर्शका कुरा हामी गर्छौँ नै, तर व्यवहारमा साँच्चै के गरेका छौँ ? नियत र निष्ठ कसको के हो भन्ने कुरा महत्वको हुन्छ । निष्ठा र इमानदारिताका साथ भ्रष्टाचारविरुद्ध गएका छौँ त ? सुशासनको पक्षमा छौँ त ? नेपाली जनताले राजनीतिक दल, सरकारबाट त्यो अपेक्षा गरेका छन् त ? गम्भीर प्रश्न चिन्ह छदैछ’, उनले भने । यद्यपी तेस्रोपटक आफू प्रधानमन्त्री हुँदा सुशासनको पक्षमा भ्रष्टाचार र सामाजिक विभेदका विरुद्ध, आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक काम गरेको दाबी उनले गरे ।

अध्यक्ष प्रचण्डले पत्रकारिता क्षेत्रमा इनफर्मेसन, डिसइनफर्मेसन र मिसइनफर्मेसनको कारण ठुलो चुनौती देखा परेको पनि बताए ।