प्रचण्डको दाबी-नयाँ वर्षमा नयाँ सरकार बन्छ

प्रचण्डको दाबी-नयाँ वर्षमा नयाँ सरकार बन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

गृहजिल्ला चितवनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले नयाँ घटनाक्रमहरू विकसित भएको र आफूले नयाँ अनुभव गरेको बताए ।

उनले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन । त्यसकारण सरकार फेरबदलको सम्भावना तीव्र छ ।’

उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि सडकमा आएकाले सरकारको भविष्य सुनिश्चित नरहेको उल्लेख गरे ।

शिक्षक, डाक्टर, नर्स र राजनीतिक दलहरु समेत वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको भन्दै दाहालले परिस्थिति निकै गम्भीर र पेचिलो बनेको विश्लेषण गरे ।

‘नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने मलाई लाग्छ’,उनले भने ।

अध्यक्ष दाहालले वर्ष २०८१को समीक्षा गर्द राजनीतिक घटनाक्रमका हिसाबले यो वर्ष औसत भएको टिप्पणी गरे । वर्ष २०८२मा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको उनको भनाइ छ ।

नयाँ वर्षमा २०८२ सालमा जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नुपर्ने उनले बताए ।