भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड

भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् ।

हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार विरोधी, सामाजिक न्याय र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरु, विचौलिया, दलालहरु मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो । संविधान मिचेर रातको अध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेका छन् ।’

साथै उनले जनतासँग गहिरो सम्बन्ध बनाएर भ्रष्टाचारीका विरुद्ध फेरी लडाई लड्ने बताए । उनले सुशासन, सामाजिक न्यायका पक्षमा लड्ने उद्देश्यले माओवादी अगाडि बढ्ने बताए ।