लभरलाई दुःख दिनेविरुद्ध आफैं लड्छुः अध्यक्ष प्रचण्ड

लभरलाई दुःख दिनेविरुद्ध आफैं लड्छुः अध्यक्ष प्रचण्ड


निजगढ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न तयार रहेको बताएका छन् ।

नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले युद्धस्तरमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने बताए ।

‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु । यदि सरकारले सुन्न गाह्रो पर्यो भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’ उनले भने ।

मधेससँग आफ्नो लभ परेको दोर्होयाउँदै उनले लभरलाई दुख दिनेविरुद्ध आफैं लड्ने प्रचण्डले बताए । प्रचण्डले बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिञ्चाई समस्या समााधान गर्ने पनि बताए । हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि उनले बताए ।