‘विचरा’ देवघाटतिर जानुपर्ने बूढालाई कांग्रेसले उम्मेदवार बनायोः अध्यक्ष प्रचण्ड

‘विचरा’ देवघाटतिर जानुपर्ने बूढालाई कांग्रेसले उम्मेदवार बनायोः अध्यक्ष प्रचण्ड


कास्की – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की–२ मा नेपाली कांग्रेसले देवघाटतिर जानुपर्ने ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै आलोचना गरेका छन् ।

बुधबार कास्कीमा नेकपाले आयोजना गरेको चुनावी सभामा बोलेका प्रचण्डले गगन थापाले गत भदौमा संसदमा बोलेको कुराप्रति लक्षित गर्दै देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको भन्दै आलोचना गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएका बेला गत भदौ १८ गते संसदमा बोलेका कांग्रेस सांसद थापाले विरामी भएका ‘बा प्रधानमन्त्रीलाई’ नेकपाले आराम गर्न दिनुपर्ने बताएका थिए ।

 प्रचण्डले, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई । जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई । त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ त ?’ भन्ने प्रश्न गरे, ‘यो कहीँ कतैबाट मिल्ने कुरा होइन ।’

कांग्रेसले कास्की २ मा ७५ वर्षे खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।