प्रचण्डले अछाम पुगेर भने -फोरम सरकारमा अाएपछि संविधान संशोधनबारे छलफल हुन्छ

प्रचण्डले अछाम पुगेर भने -फोरम सरकारमा अाएपछि संविधान संशोधनबारे छलफल हुन्छ


अछाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार रहेकाे बताएका छन् । बिहीबार अछाम पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको बताएका हुन् ।

‘संघीय समाजवादी फोरमसंग सहमति भइसक्यो’ उनले भने । मधेस आन्दोलनका क्रममा उठाइएका मुद्दालाई राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोधन गरिने उनले बताए । सरकारले पुर्णता पाएपछि आफूहरु सुशासन र समृद्धि सहितको विकास निर्माणमा केन्द्रित हुने छाैँ, उनले भने ‘सुशासन र विकास निर्माणका कामहरूलाई प्राथमिकीकरण गरेर देशमा नयाँ गति दिने हाम्रो योजना छ’ ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता चैत्र पहिलो साताभित्र हुने भन्दै भने ‘छिटो भएमा यहि महिनाको लाष्टमा, अलि छिटाे भयो भने चैतको पहिलो हप्तामा एकृकित पार्टी बन्छ, उनले भने । राजनीतिक एजेण्डा र विधान निर्माण गर्न गठित दुई कार्यदलले फागुन २५ गतेभित्र प्रतिवेदन बुझाएपछि पार्टी एकता हुने उनको भनाइ छ ।