चितवन ३ मा विक्रम पाण्डे धेरै पछाडी, प्रचण्डको जित करिब निश्चित

चितवन ३ मा विक्रम पाण्डे धेरै पछाडी, प्रचण्डको जित करिब निश्चित


चितवन– चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पíपकमल दाहाल प्रचण्ड जित नजिक पुगेका छन् ।

 

 

 

पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ५ हजार ८८९ मतअन्तरले अग्रता लिएका छन् । यसले करिब जित सुनिश्चित जस्तै देखिएको छ ।

 

 

 

यहाँ ४८ हजार २८९ गणना भइसक्दा प्रचण्डले २४ हजार ९४३ मत पाएका छन् भने प्रतिस्पर्धी विक्रम पाण्डेले १९ हजार ५४ मत पाउँदै दोस्रो स्थानमा छन् ।